aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

फागुन ४ गते युनिक नेपाल लघुवित्तले साधारण सभा गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ फागुन २०७९
फागुन ४ गते युनिक नेपाल लघुवित्तले साधारण सभा गर्ने
NIBL

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ४ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । फागुन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल सेन्ट्रल प्लाजा, कोहलपुर, बाँकेमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना गरी पाँच सञ्चालक निर्वाचन समेत गर्नेछ । 

साथै भविश्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन २१ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस