अलिबाबाले अर्को इ–कमर्स कम्पनी कओलालाई २ अर्ब डलरमा किन्ने - Aarthiknews
aarthiknews.com आइतबार, २९ भदौ २०७६   Sunday, 15 September, 2019
 

अलिबाबाले अर्को इ–कमर्स कम्पनी कओलालाई २ अर्ब डलरमा किन्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० भदौ २०७६
Sunrise bank
अलिबाबाले अर्को इ–कमर्स कम्पनी कओलालाई २ अर्ब डलरमा किन्ने
LBEF
NCH-IPS

काठमाडौं । चिनियाँ अनलाइन सपिङ कम्पनी अलिबाबाले नयाँ ई–कमर्स बिजनेस खरिद गर्ने भएको छ । अलिबाबाले २ अर्ब अमेरिकी डलरमा इ–कर्मस साइट ‘कओला’ एक्वायर गर्न लागेको हो । कओलाले चीनमा आयात हुने लत्ता कपडा, विद्युतीय तथा खेलकुदका सामाग्रीहरु बिक्री गर्छ । यो चिनियाँ बजारको आयातीत सामान बेच्ने ठूला ई–कमर्स कम्पनीहरु मध्यको एक हो ।

यस्तै, अलिबाबाको सहायक कम्पनीहरु ट्मल ग्लोबल र जेडी.कम ले पनि चीनमा अनलाइनमार्फत सामाग्रीहरु  कारोबार गर्छन् । अलिबाबाले कओलालाई खरिद गरे पनि अहिले जस्तै स्वतन्त्र हिसाबले काम गर्न दिनेछ । दैनिक कार्यका लागि व्यवस्थापनमा हस्तक्षेप गरिनेछैन । तर, यसको नेतृत्व भने परिवर्तन गरिनेछ । ट्मल इम्पोर्ट एन्ड एक्सपोर्टका जनरल म्यानेजर अल्विन लियूले अब सीइओको जिम्मेवारी सम्हाल्नेछन् । 
 

ट्मल ग्लोबल र कओला कम्पनीको साथमा अब अलिबाबाको इ–कमर्स व्यापरमा अझै वर्चस्व कायम हुनेछ । जुन महिनामा प्रकाशित एक रिपोर्टका अनुसार सन् २०१९ मा चिनियाँ बजारमा करिब १.९३५ ट्रिलियन डलर कारोबार इ–कमर्स मार्फत हुने प्रक्षेपण गरिएको छ । अलिबाबा विश्वकै ठूला इ–कमर्स कम्पनीहरुमध्येमा पर्छ । 
 

यता, नेपालमा पनि अलिबाबाले उपस्थिति जनाइसकेको छ । दराज अनलाइन सपिङ अनलाइनलाई अलिबाबाले सन् २०१८ मा खरिद गरेको हो । दराज नेपालसहित बंगलादेश, म्यानमार, पाकिस्तान र श्रीलंकामा कारोबार गर्दै आएको छ । अलिबाबा तथा यसका अन्य सहायक कम्पनीहरुमा चिनियाँ नागरिक ज्याक मा प्रमुख लगानीकर्ता रहेका छन् । 

एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस