aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ फागुन २०७९
टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो
NIBL

काठमाडौं । टर्कीमा अघिल्लो हप्ता गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ । टर्की र सिरियाको सिमानामा गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परि दुवै देशका नागरिकहरुको ज्यान गएको हो । 

शताब्दीको सबैभन्दा खराब प्राकृतिक प्रकोप भनिएको भूकम्पबाट प्रभावितहरुको राहत र उद्धार कार्य जारी छ । मौसम अत्यधिक चिसो हुँदा पनि मानिसहरू कडा चिसोमा खुला ठाउँमा बस्न बाध्य छन् ।

राहत र उद्धार कार्यमा सहयोग गर्न धेरै देशका टोली टर्की पुगेका छन् । नेपालले पनि स्वास्थ्य सामग्रीसहितको टोली टर्की पठाएको छ । 

युक्त अरब इमिरेट्स (युएई) ले भूकम्प प्रभावित सिरियालाई थप ५ करोड डलर सहयोग गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस