aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

आजको मौसम, तराइमा हुस्सु र कुहिरो बाहेक अन्त छैन खतरा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ फागुन २०७९
आजको मौसम, तराइमा हुस्सु र कुहिरो बाहेक अन्त छैन खतरा
NIBL

काठमाडौं । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश नं. १ को पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू– भागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत प्रदेश नं १ को  पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका थोरै भू–भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ । 

प्रतिक्रिया दिनुहोस