aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

लक्ष्मी लघुवित्तको २० प्रतिशत लाभांश फागुन २९ गते पारित हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ फागुन २०७९
लक्ष्मी लघुवित्तको २० प्रतिशत लाभांश फागुन २९ गते पारित हुने
NIBL

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २९ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । फागुन २ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

उल्लेखित प्रस्तावसँगै सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन समेत सभाले गर्नेछ । साथै लक्ष्मी बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थापक शेयरलाई सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस