
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४१ प्रतिशत घटेको छ ।
गत आवको दोस्रो त्रैमाससम्म रू. २ करोड ४४ लाख नाफा कमाएको कम्पनीले चालू आवको सोही अवधिमा रू. १ करोड ४२ लाखमात्र कमाएको छ । चालू आवमा कम्पनीको वित्तीय खर्च पनि बढेको छ । गत आवमा रू. १ करोड ४५ लाख रहेको कम्पनीको वित्तीय खर्च चालू आवमा बढेर रू. १ करोड ५८ लाख पुगेको छ ।
त्यस्तै कम्पनीको आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीले रू. ४ करोड ७७ लाख आम्दानी गरेकोमा चालू आवमा रू. ४ करोड १२ लाखमा सीमित भएको छ । चुक्तापूँजी रू. ३० करोड रहेको कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म जगेडामा रू. २ करोड ४२ लाख सञ्चित गरेको छ । प्रतिशेयर आम्दानी रू. ४ दशमलव ७४ (वार्षिक), मूल्य आम्दानी अनुपात २१ गुणा, तरलता अनुपात २ दशमलव ८४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ९३ दशमलव ३० रहेको छ ।
प्रतिक्रिया दिनुहोस