_20230213144423.jpg)
काठमाडौं । नेपाल विद्युतीय व्यावसायी महासंघमा नयाँ कार्यसमिति निर्वाचित भएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको आतिथ्यतामा महासंघको तेह्रौं वार्षिक साधारण सभा एवं पाँचौं महाधिवेशन सम्पन्न भएको छ । रेशम प्रसाद देवकोटाको अध्यक्षतामा यस महासंघको छैठौं कार्यकालका (आगामि तिन बर्षको) लागि कार्यसमिति निर्वाचित भएका छन् ।
महासंघको प्रथम उपाध्यक्षमा प्रेम बहादुर जिसि रहेका छन् भने कोमल पोखरेल द्धितिय उपाध्यक्ष बनेका छन् । यसका साथै तृतिय उपाध्यक्षमा लेखनाथ सापकोटा निर्वाचित भएका छन् । त्यस्तै, गोपाल अग्रवाल महासचिव, प्रकाश चन्द्र पाण्डे कोषाध्यक्ष, बिनोद लुईटेल सचिव, महेन्द्र कुमार श्रेष्ठ सह–कोषाध्यक्ष, सदस्यहरुमा शंकर प्रसाद पोखरेल, केशव ढकाल, राजेश गौतम, शिवराज रिजाल, चन्द्रकान्त जैसी शर्मा रहेका छन् ।
चन्द्रमणि देवकोटा प्रदेश सदस्य (प्रदेश नं.१), मनोज कुमार अग्रवाल प्रदेश सदस्य (मधेश प्रदेश), सरोज कुमार रेग्मी प्रदेश सदस्य (बाग्मती प्रदेश), राजु भण्डारी प्रदेश सदस्य (गण्डकी प्रदेश), लोकनाथ पोखरेल प्रदेश सदस्य (लुम्बीनी प्रदेश), विष्णुराज भट्ट प्रदेश सदस्य (सुदुर पश्चिम प्रदेश), पुरुषोत्तम अधिकारी एसोसियट् सदस्य र बालकृष्ण अग्रवाल एसोसियट् सदस्यमा निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस