
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले शेयरदर्ता किताब (बुक क्लोज) को मिति तोकेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि फागुन १४ गते एक दिनका लागि शेयरदाखिला खारेज बन्द गर्ने निर्णय गरेको छ ।
जस अनुसार फागुन १३ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश र सो साधारणसभामा भाग लिन पाउनेछन् । कम्पनीको साधारणसभा फागुन २९ गते सोमबार बिहान हुने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर पयोजनका लागि ०.५७८९ प्रतिशत नगद लाभांंश दिने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीहरुले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस