
काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सिक्लेस हाइड्रोपावर लिमिटेडले रू. ६ करोड २७ लाखभन्दा बढी नाफामा रहेको छ । असोज मसान्तसम्म रू. ६ करोड २ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले पुस मसान्तसम्म रू. २५ लाखभन्दा बढी खुद नाफा गर्न सफल भएको हो ।
विद्युत विक्रीबाट रू. १९ करोड ३३ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीको कुल सञ्चालन खर्च रू. २ करोड २ लाखभन्दा बढी रहेको छ । वित्तीय खर्च दोस्रो त्रैमाससम्म रू. ७ करोड ३५ लाखभन्दा बढी भएको छ । असोज मसान्तसम्म कम्पनीको वित्तीय खर्च रू. ३ करोड ६५ लाखभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८५ करोड रहेको छ भने जगेडा कोष रकम रू. १६ करोड ९१ लाखभन्दा बढी छ ।
दिर्घकालिन कर्जा दोस्रो त्रैमाससम्म रू. १ अर्ब ३५ करोड ६७ लाखभन्दा बढी छ । असोज मसान्तसम्मको तुलनामा कम्पनीको दिर्घकालिन कर्जा कम भएको हो । असोज मसान्तसम्म कम्पनीको दिर्घकालिन कर्जा रू. १ अर्ब ४० करोडभन्दा बढी थियो । प्रतिशेयर आम्दानी रू. १४ दशमलव ७७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११९ दशमलव ९० रहेको छ ।
प्रतिक्रिया दिनुहोस