
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ३९ करोड ३८ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा १ दशमलव ८३ प्रतिशत कम भएको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४० करोड १२ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा गत वर्षभन्दा करिब ४ प्रतिशत कम भएकाले खुद नाफा घट्न पुगेको हो । गत वर्ष रू. ४२ करोड ६० लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ४० करोड ९९ लाखभन्दा बढीमात्र यो नाफा गरेको हो ।
विद्युत विक्री आम्दानी यस वर्ष १ दशमलव ८७ प्रतिशत बढी रू. ६३ करोड ६५ लाख भएको छ । ७ दशमलव ५० प्रतिशत बोनस शेयरमार्फत पूँजी बृद्धि गरी रू. ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम रू. ३ अर्बभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १० दशमलव ८५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४१ दशमलव ३९ रहेको छ ।
प्रतिक्रिया दिनुहोस