aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 

रिलायबल नेपाल लाइफको खुद नाफा २१.९० प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ माघ २०७९
Prabhu Bank
Motor Head
रिलायबल नेपाल लाइफको खुद नाफा २१.९० प्रतिशतले बढ्यो
nabil bank
LBF

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले २२ करोड रुपैयाँ नाफा कमाएको छ । 

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २१.९० प्रतिशतले बढि हो । जबकी इन्स्यारेन्सले गत आवको दोस्रो त्रैमाससम्म १८ करोड ५ लाख रुपौयँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीले एक अर्ब ७२ करोड २५ लाख रुपौयँ दुद बीमाशुल्क संकलन गरेको छ । उक्त बीमाशुल्क गत आवको सोही अवधिको तुलनामा १०.७४ प्रतिशतले कम हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्मको अवधिमा एक अर्ब ९२ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको बीमा कोषको आकार ५५.८१ प्रतिशतले बढेर ५ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीको बीमा कोषमा ३ अर्ब ६१ करोड रुपैयाँ रहेका थियो । 

समिक्षा अवधिमा कम्पनीको जगेडा कोषमा पनि २८.१३ प्रतिशतले वृद्धि भएर एक अर्ब २८ करोड ८९ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा इन्स्योरेन्सको जगेडा कोषमा एक अर्ब ६० लाख रुपैयाँ रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस