अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट, नेपालमा के होला ? - Aarthiknews
aarthiknews.com सोमबार, २३ मंसिर २०७६   Monday, 09 December, 2019
 
Bajaj_Bike

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट, नेपालमा के होला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ भदौ २०७६
Sunrise bank
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट, नेपालमा के होला ?
LBEF
NCH-IPS

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । तेलमा मूल्यमा गिरावट आउनुको कारण ओपेक र रुसले बढाएको तेल उत्पादन रहेको विज्ञहरू बताउँछन् । 

अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार मङ्गलवार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य दुई प्रतिशत गिरावट आएको  हो । 
अमेरिकी कच्चा तेल सीएलसी एक दशमलव ८० डलरले घटेर ५३ दशमलव ३० प्रतिब्यारेल डलर पुगेको छ । जुन झन्डै ३ दशमलव २७ प्रतिशत हुन्छ । 

त्यस्तै ब्रेन्ट क्रुड एलसीओसी पनि १ दशमलव २८ डलरले घटेर ५७ दशमलव ३८ डलरमा झरेको छ । जुन २ दशमलव १८ प्रतिशत हुन्छ । रुसले गत अगष्ट महिनामा तेल उत्पादन प्रतिदिन १ करोड १२ लाख प्रतिब्यारेल उत्पादन गरेको अन्तर्राष्ट्रिय समाचाहरुमा उल्लेख छ । 

यसरी अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आए पनि यसको असर नेपालमा तत्काल नदेखीने जानकारहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस