aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 

उन्नति सहकार्य लघुवित्तको ७० हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ माघ २०७९
Prabhu Bank
Motor Head
उन्नति सहकार्य लघुवित्तको ७० हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा
nabil bank
LBF

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले ७० हजार १४४ कित्ता संस्थापक शेयर माघ २६ गतेदेखि लिलामीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर लिलामीमा ल्याएको हो । 

उल्लेखित शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय सिद्धार्थनगर, रूपन्देहीमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद माग नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस