
काठमाडौं । रौतहटमा खेतमा दिशा गरेको निहुँमा झडप हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको मौलापुर नगरपालिका ९ सोनरनियामा विवाद हुँदा स्थानीय पनिलाल यादवकी श्रीमती ४० वर्षीया सुगन्धी देवीको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी छेदिलाल कामतिका अनुसार घरबाट खेतमा जाने बाटोमा दिशा गरेको भन्दै स्थानीय भोला यादव र पनिलाल यादवको परिवारबीच विवाद बढ्दै जाँदा बुधबार झडप भएको थियो ।
खुटामा दिशा लागेको आक्रोशमा भोला यादव पनिलाल यादवको घरमा गएर उसको श्रीमती सुगन्धि देवीलाई बाँसको भाटाले निर्घात कुटपिट गरेको प्रत्येक्षदर्शीले बताएका छन् ।
यादवको कुटपिटबाट गम्भिर घाइते भएकी सुगन्धिलाई उपचारको लागि बिरगञ्ज लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
रौतहटका १८ वटै स्थानीय तहलाई केही बर्ष अघि नै खुल्ला दिशामुक्त घोषणा भएपनि हालसम्म कयौं घरमा शौचालय छैन ।
प्रतिक्रिया दिनुहोस