aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 

जब बहस भइरहेको इजलासमा छिरेर चितुवाले मान्छे टोक्न थाल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ माघ २०७९
Prabhu Bank
Motor Head
जब बहस भइरहेको इजलासमा छिरेर चितुवाले मान्छे टोक्न थाल्यो
nabil bank
LBF

काठमाडौं । अदालतमा बहस भइरहेको बेला कुनै जंगली जनावरको प्रवेश भएमा के होला ? यस्तो घटना भारतको एक अदालतमा भएको छ । भारतको उत्तरप्रदेश राज्यस्थित गाजियाबाद अदालत परिसरमा बुधबार जंगली चितुवा छिरेर मानिसहरुलाई आक्रमण गर्न थालेपछि त्यहाँ भागाभाग भएको छ । 

चितुवाले जुत्ता पालिस गर्ने एकजना व्यक्तिको कानमा झम्टिएपछि उनी गम्भीर घाइते भएका छन् भने अदालतको पुरानो भवननजिकै एकजना वकिल र थप एकजनामाथि पनि आक्रमण गरेको छ । 

चितुवा छिरेपछि पुरानो भवनका सबै इजलास खाली गरिएको थियो । यो चितुवा करिब ३५ मिनेटसम्म इजलासमा बसेको थियो । इजलासमा चितुवाले अड्डा जमाएपछि न्यायाधीश, वकिल र मुद्दासम्वद्ध व्यक्तिहरु भागेर ज्यान बचाएका थिए । 

घटनाको एक भिडिओ पनि सामाजिक सञ्जालमा आएको छ । यो भिडिओमा चितुवा अदालतमा रहेको फलामको ग्रिलनजिकै बसेको देख्न सकिन्छ ।

घटनापछि वन विभागको टोली चितुवाको उद्धारमा पुगेको थियो। करिब १२ जनाको टोली जाल, पिञ्जडा बोकेर त्यहाँ पुगेको थियो । 

चितुवा अदालतभित्र पसेपछि बाहिर अदालतका कर्मचारी, न्यायाधीश, वकीलसमेत सयौँ मानिस जम्मा भएका थिए । अहिले वन विभागको टोली छिरेर चितुवालाई नियन्त्रणमा लिँदैछ ।

प्रतिक्रिया दिनुहोस