यामाहा महामेलामा करोडौँको कारोबार - Aarthiknews
aarthiknews.com आइतबार, २९ भदौ २०७६   Sunday, 15 September, 2019
 

यामाहा महामेलामा करोडौँको कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ भदौ २०७६
Sunrise bank
यामाहा महामेलामा करोडौँको कारोबार
LBEF
NCH-IPS

धरान । मंगलबारदेखि धरानमा सुरु भएको यामाहा महामेलामा एक करोड ३० लाख भन्दा बढीको कारोबार भएको छ ।

यामाहाको आधिकारिक विक्रेता विजयपुर ट्रेडर्स र मोरङ अटो वर्कको संयुक्त आयोजनामा शुरूभएको उक्त मेलामा बुधवार सम्ममा सो रकम बराबरको कारोबार भएको हो ।

महामेलामा नयाँ बिक्री भको मोटरसाइकल र स्कुटरको सङ्ख्या ५४, एक्सचेञ्ज सङ्ख्या ४०  रकोको र बाँकी क्यासमा कारोबार भएको
आयोजकले जनाएको छ । 

भदौ २० गतेसम्म सञ्चालन हुने मेलामा नयाँ मोटरसाइकल खरिदका लागि ८ ओटा बुकिङ भइसकेको विजयपुर टेड्रर्सका सञ्चालक प्रभाव खतिवडाले बताए । 

उनका अनुसार मेलामा मोटरसाइकल एक्सचेञ्ज, पुरानो मोटरसाइकल तथा स्कुटरको उत्कृष्ट मूल्याङ्कन, नयाँ मोटरसाइकल खरिदमा खरीदस्थलमै फाइनान्सको सुविधा, फ्री एसोसेरिज, फ्री चेक अप क्याम्प लगायत सेवा दिइएको छ । 

प्रतिक्रिया दिनुहोस