aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

महँगी ७ प्रतिशतले बढ्यो, कस्तो छ आर्थिक अवस्था ?

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • मंगलबार, २४ माघ २०७९
महँगी ७ प्रतिशतले बढ्यो, कस्तो छ आर्थिक अवस्था ?
NIBL

काठमाडौं । सञ्चिति १३ खर्ब ३७ अर्ब २९ करोड र अमेरिकी डलरमा १० अर्ब ३० करोड रहेको छ । विदेशी विनिमय सञ्चितिको आधारमा १०.४ महिनाको वस्तु आयात र ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ । ६ महिनामा संघीय सरकारको खर्च ५ खर्ब ७६ अर्ब ३५ करोड र राजस्व परिचालन ४ खर्ब ५८ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।

६ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.२ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.० प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.० प्रतिशत रहेको छ ।

सोमबार सार्वजनिक गरेको ६ महिनाको आर्थिक तथा वित्तीयस्थितिको तथ्यांकमा केन्द्रीय बैंकले मुद्रास्फिति ७.२६ प्रतिशतले बढेको जानकारी दिएको हो ।

गतवर्षको यही अवधिमा बजार महँगी ५.६५ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फिति ५.६२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फिति ८.५७ प्रतिशत रहेको छ ।

त्यस्तै, खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत पुगेको छ ।

दुग्धपदार्थ तथा अन्डाको ९.७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५६ प्रतिशत, र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको मूल्य सूचकांक १६.४३ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत रहेको छ । विविध वस्तु तथा सेवाको महँगी ८.६८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ८.३३ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस