aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

एयर विस्तारालाई ७० लाख रुपैयाँ भारु जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ माघ २०७९
एयर विस्तारालाई ७० लाख रुपैयाँ भारु जरिवाना
NIBL

एजेन्सी । भारतको नागरिक उड्डयन नियामकले एयर विस्तारालाई ७० लाख रुपैयाँ भारु जरिवाना लगाएको छ। नागरिक उड्डयन महानिर्देशनालयले भारतको पूर्वोत्तर क्षेत्रका कम सेवा भएका क्षेत्रहरूमा न्यूनतम संख्यामा अनिवार्य उडानहरू सञ्चालन नगरेकोमा एयर विस्तारालाई यो जरिवाना लगाएको हो।

एयर विस्तारालाई गत वर्षको अक्टोबरमा अप्रिल २०२२ मा नियम पालना नगरेको भन्दै जरिवाना लगाइएको थियो । विस्ताराका प्रवक्ताले भने, “विस्ताराले विगत धेरै वर्षदेखि रुट डिस्पर्सल गाइडलाइन्सलाई पूर्ण रूपमा पालना गर्दै आएको छ। तर, प्रवक्ताले बागडोगरा विमानस्थल बन्द भएकाले केही उडानहरू रद्द गर्नुपरेको स्वीकार गरे। 

प्रतिक्रिया दिनुहोस