aarthiknews.com आइतबार, १२ चैत्र २०७९   Sunday, 26 March, 2023
 

बढ्दै बीमाको पहुँच, बैदेशिक रोजगार बीमालेखमा ५२ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ माघ २०७९
Prabhu Bank
Motor Head
बढ्दै बीमाको पहुँच, बैदेशिक रोजगार बीमालेखमा ५२ प्रतिशतले वृद्धि
nabil bank
LBF

काठमाडौं । पछिल्लो समय सर्वसाधारणमा बीमाको पहुँचमा बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्षको पुसमसान्तसम्मको तुलनामा बीमाको पहुँचमा १०.८४ प्रतिशतले बढेको हो । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको पुस मसान्ततसम्म बीमाको दायरामा आएको जनसंख्या प्रतिशत (म्यादि, लघुम्यादि र वैदशिक रोजगार जीवन बीमालेख सहित ) बीमाको दायरा ४४.२५ प्रतिशत पुगेको छ । 

बीमा प्राधिकरणका अनुसार गत आवको पुस मसान्तसम्म बीमाको दायरामा आएको जनसंख्या प्रतिशत (म्यादि, लघुम्यादि र वैदशिक रोजगार जीवन बीमालेख सहित ) बीमाको प्रतिशत ३३.४१ प्रतिशत पुगेको रहेको थियो । यस अवधिमा बैदेशिक रोजगार बीमालेखमा ५२ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिमा ८ लाख ५० हजार ६९० बीमालेख चालु आवको पुससम्म आइपुग्दा ५२.१७ प्रतिशतले बढेर १२ लाख ९४ हजार ४५९ पुगेको छ ।

त्यसैगरी, पुस मसान्तसम्म कुल जीवन बीमालेख ३४.८८ प्रतिशतले बढेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका तथ्याङक अनुसार गत वर्षको पुस मसान्तदेखि यस वर्षको भदौ पुससम्म बीमालेख संख्या ३६ लाख ४९ हजार ९ ले बढेको हो । गत वर्षको पुस मसान्तसम्म कुल बीमालेख संख्या एक करोड ४ लाख ६० हजार १४१ रहेकोमा यस वर्षको सोही अवधिमा १ अर्ब ४१ करोड ९ लाख १५० पुगेको छ ।  

प्राधिकरणका अनुसार कुल निर्जीवन बीमालेख भने घटेको छ । गत वर्षको पुस मसान्तसम्म १४ लाख ८५ हजार ८५१ बीमालेख रहेकोमा यस वर्षको सोही अवधिमा उक्त बीमालेख ६.११ प्रतिशतले घटेर १३ लाख ९५ हजार ३२ पुगेको छ ।  

म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमा, जीवन बीमालेख बाहेक जीवन बीमालेख संख्यामा पनि २१.७२६ प्रतिशतले वृद्धि भएको । यस अवधिमा म्यादि र लघु म्यादि र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक जीवन बीमालेखको संख्या ५५ लाख १ हजार ५७० पुगेको छ । गत वर्षको सोही अवधिमा म्यादि, लघु म्यादि जीवन बीमालेख संख्या ४५ लाख १९ हजार ९९३ रहेको थियो । 

प्राधिकरणका अनुसार यस अवधिमा कुल बीमाशुल्क संकलनमा पनि १.९१ प्रतिशतले बढेको । गत वर्ष ९० अर्ब १ करोड २१ लाख रुपैयाँ बीमा शुल्क संकलन भएकोमा यस वर्षको सोही अवधिमा उक्त बीमा शुल्क संकलनमा बढेसँगै ९१ अर्ब ७३ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।  

त्यस्तै, जीवन बीमा शुल्क संकलनमा पनि १.०४ प्रतिशतले बढेको छ । गत वर्ष पुसको मसान्तसम्म ७० अर्ब ९१ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क संकलन भएकोमा यस वर्ष ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । निर्जीवन बीमा शुल्क संकलनमा पनि ५.१५ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको पुस मसान्तसम्म १९ अर्ब ९ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको यस वर्ष २० अर्ब ८ करोड ४२ २५ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । 

यस अवधिमा म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक पाँच प्रतिशत घटाएर लिएको बीमालेखको संख्या ५२ लाख २६ हजार ४९२ रहेको छ । त्यस्तै, पाँच प्रतिशत घटाएर लिएको म्यादि जीवन बीमालेख सहितको संख्या १ करोड २१ लाख ७३ हजार ९५६ रहेको छ । गत वर्षको सोही अवधिमा उक्त बीमालेख संख्या ९१ लाख २८ हजार ९७८ रहेको थियो ।  

म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवन बीमालेख सहित पाँच प्रतिशत घटाएर लिएको बीमालेखको संख्या एक करोड ३४ लाख ६८ हजार ४१५ रहेको छ । गत वर्षको सोही अवधिमा उक्त बीमालेख संख्या ९९ लाख ७९ हजार ६६८ रहेको थियो ।  

साथै, म्यादि र लघु म्यादि बीमा जीवनबीमा लेख सहित बीमाको दायरामा आएको जनसंख्या ४० प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा बीमाको दायरामा आएको म्यादि र लघु म्यादि बीमा जीवनबीमा लेख जनसंख्या ३०.५६ प्रतिशत रहेको तथ्याङकमा उल्लेख छ । 

समितिका अनुसार बीमा कम्पनीहरुको कार्यालयको संख्यामा पनि ३.०२ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष बीमा कम्पनीका कार्यालयहरु ३ हजार २७९ रहेकोमा यस वर्ष ३ हजार ३७८ पुगेका छन् । त्यस्तै, यस अवधिमा बीमा कम्पनीका कर्मचारीको संख्यामा पनि २.७९ प्रतिशतले वृद्धि भएर १२ हजार २९ जना पुगेका छन् । गत वर्षको सोही अवधिमा बीमा कम्पनीहरुमा ११ हजार ७०३ कर्मचारी पुगेको तथ्याङकमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस