शीर्षकहरू

वित्तीय खर्च बढ्दा तेह्रथुम पावरको नाफामा असर

वित्तीय खर्च बढ्दा तेह्रथुम पावरको नाफामा असर

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ६ लाख ६२ हजार मात्र खुद नाफा गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म रू. १ करोड ७१ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ९६ दशमलव १५ प्रतिशत कम खुद नाफा गरेको हो ।

विद्युत आम्दानी गत वर्षभन्दा कम र वित्तीय खर्च बढी भएकाले कम्पनीको खुद नाफामा असर परेको हो । गत वर्ष रू. ८ करोड ६४ लाखभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीे यस वर्ष रू. ८ करोड २७ लाखभन्दा बढी मात्र यो आम्दानी गरेको हो । वित्तीय खर्च भने गत वर्ष रू. ३ करोड ८८ लाखभन्दा बढी भएकोमा यस वर्ष रू. ५ करोड २१ लाखभन्दा बढी भएको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. ४० करोड रहेको छ भने जगेडा कोष रकम रू. ९ करोड ७५ लाखभन्दा बढी ऋणात्मक छ । दिर्घकालिन कर्जा भने गत वर्षभन्दा करिब ९१ प्रतिशत कम रू. ९ करोड ३ लाख कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. शून्य दशमलव ३३ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ७६ रहेको छ ।