
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कुल १८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । माघ २० गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजी रू. ३४ करोड २७ लाख ४४ हजारको आधारमा कुल १८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कुल लाभांशमध्ये १५ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश रहेको छ । साविक समता लघुवित्त वित्तीय संस्था र साविक घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर भई गत वैशाख २ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन ।
एकिकृत कारोबार गरेको मितिदेखि दुई वर्षसम्म लाभांशमा कर छुट हुने व्यवस्था रहेकाले कम्पनीले कर प्रयोजनका लागि नगद लाभांश नछुट्याएको बताएको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । गत वर्ष कुल २५ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस