नेप्सेमा सामान्य सुधार - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 

नेप्सेमा सामान्य सुधार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ भदौ २०७६
Sunrise bank
नेप्सेमा सामान्य सुधार
LBEF
NCH-IPS

काठमाडौं । साताको चौथो दिन बुधबार निक्कै उतारचढावका बीच अन्ततः नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक  सामान्य अंकले बढेको छ । यस दिन नेप्से ३. ८७ अंकले बढेर ११९४ बिन्दूमा पुगेको छ । कारोबार शुरु भएको केही समयमा ओरालो लागेको भए पनि अन्त्यमा परिसूचक बढेको हो ।
कुल १६८ कम्पनीको १४ लाखभन्दा कित्ता शेयर ४३ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन कारोबारमा आएका वित्त, उत्पादन र अन्य समूह बाहेक सबै समूह बढेका छन् । लगातार दुई दिन दोहोरो अंकको गिरावट आएको नेप्सेमा मंगलबारदेखि सुधार हुँदै गएको छ । मंगलबार करिब २१ अंकले परिसूचक बढेको थियो । बुधबार सबैभन्दा धेरै माछापुछर्े बैंकको शेयर किनबेच भएको छ ।  यस बैंकको ९ करो ३० रुपैयाँको शेयर किनबेच भएको हो । यस दिन पाँचथर पावर कम्पनीका. कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । समग्र परिसूचकमा वृद्धि हुँदा पनि जलविद्युत् लगानी तथा विकास कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब साढे ३ प्रतिशतले घटेको छ । 
 

प्रतिक्रिया दिनुहोस