aarthiknews.com बुधबार, २० मंसिर २०८०   Wednesday, 06 December, 2023
 
Royal Enfield

स्रोत नखुलेको ४१ लाख नगदसहित चार जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० माघ २०७९
Global IME
स्रोत नखुलेको ४१ लाख नगदसहित चार जना पक्राउ
DHI
nmb

काठमाडौं । स्रोत नखुलेका नगदसहित चार जना पक्राउ परेका छन् । पर्सा र कपिलवस्तुबाट चार जनालाई प्रहरलीले नियन्त्रणमा लिएको हो । 

पर्साको वीरगञ्ज महानगरपालिका १६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद २० लाख रूपैयाँ सहित बारा बिश्रामपुर गाउँपालिका ४ बस्ने २७ वर्षीय श्याम किशोर प्रसाद साहलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले प्रदेश २-०३-०११ प ६३४३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक साहको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । 

उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

त्यस्तै, कपिलवस्तुको कपिलवस्तु नगरपालिका २ जमुवारपुल चोकबाट स्रोत नखुलेको भारतीय नगद २१ लाख ७ हजार १ सय रूपैयाँ सहित भारत घर भई कपिलवस्तु मायादेवी गाउँपालिका १ ईमिलिया बस्ने २८ वर्षीय हमिद मुसलमान समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले भैरहवाबाट तौलिहवातर्फ आउँदै गरेको युपि ५५ एएम ०४५९ नम्बरको कार जाँच गर्ने क्रममा उक्त नगद फेला पारी कारका चालक मुसलमान समेत ३ जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस