
काठमाडौं । जिल्ला पर्सा वीरगञ्जमा एक जनालाई अवैध बीस लाख रुपैयाँ सहित पक्राउ परेका छन् । विहीबार प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले जिल्ला पर्सा वीरगञ्ज रजतजयन्तीचोक स्थित सडक खण्डमा जिल्ला बारा बिश्रामपुर गाउँपालिका वडा नं ४ बस्ने श्याम किशोर प्रसाद साहलाई पक्राउ गरेको हो ।
चोकमा रोकी चेक जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहको कानूनी रीतरपुर्याई तलासी लिँदा निजसंग हजार दरका १६०० थान र पाँच सय दरका ८०० थान गरी जम्मा नेपाली रुपैया बीस लाख सहित साहलाई पक्राउ गरेको हो ।
श्रोत खुलाउन नसकेको हुँदा साहलाई नियन्त्रणमा लिई नेपाली नम्बरको मोटर साइकल र निजले प्रयोग गरेको मोबाईल थान २ सहित बरामद गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस