aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 

हुलाकी राजमार्गमा एक सय ३७ वटा पुल बन्न बाँकी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ माघ २०७९
Prabhu Bank
Motor Head
हुलाकी राजमार्गमा एक सय ३७ वटा पुल बन्न बाँकी
फाइल फोटो
nabil bank
LBF

काठमाडौं । हुलाकी राजमार्गमा अझै एक सय ३७ वटा पुल बन्न बाँकी रहेको छ । यस राजमार्गमा दुई सय ५० वटा पुल निर्माण गर्नु पर्नेमा हालसम्म एक सय १५ वटा मात्र पुल निर्माण सम्पन्न भएको हो ।     

हुलाकी सडक निर्देशनालयका अनुसार हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गतको सम्पूर्ण सडक संजालको कुल लम्बाई एक हजार सात सय ९२.४२ किलोमिटर रहेको छ । जस मध्ये पूर्वदेखि पश्चिम तर्फको लम्बाई ९७५ किमि रहेको छ भने उत्तरदेखि दक्षिण जोडिने सहायक सडकहरुको लम्बाई ८१७.४२ कि.मि. रहेको छ । जसमा थप तीनवटा सडकहरु (लम्बाई करिब ६५ कि.मि) समाबेश भएको हुँदा उत्तर देखि दक्षिण जोडिने सहायक सडकहरुको कुल लम्बाई ८८२.४२ कि.मि. भएको छ ।  

हुलाकी राजमार्गको प्रारम्भिक लागत अनुमान ४७ अर्ब २४ करोड (संसोधित लागत ६५ अर्ब २० करोड) रहेको छ । यस आयोजना अन्तर्गत प्रारम्भिक अनुमान अनुसार २१९ पुल रहेकोमा उक्त संख्या बढेर २५० रहेको देखिन्छ । हालसम्ममा निर्देशनालयबाट ९१० कि.मि. सडक र ११५ वटा पुल निर्माण सम्पन्न भइसकेको छ ।    

हुलाकी राजमार्ग आयोजनाको कुल लम्बाई १८५७.४२ कि.मि. सडक निर्माण तथा स्तरोनन्ति र सो सडकमा पर्ने करिब २५० वटा पुलहरु समेत निर्माण गर्ने लक्ष्य रहेको छ । आयोजनाको अबधी आर्थिक वर्षको २०६६/६७ मा शुरु भइ आव २०८२/८३ मा सम्पन्न गर्नु पर्ने रहेको छ । 

हुलाकी राजमार्गको लागत अनुमान ६५ अर्ब २० करोड रुपैयाँ आयोजनाको लागत रहेको छ । जसमा हालसम्मको ५४ अर्ब ७५ करोड रुपैयाँ खर्च भइसकेको छ । यस आयोजना अन्तर्गत हालसम्म ९१० किलोमिटर कालो पत्रे सम्पन्न भइसकेको छ ।  


 

प्रतिक्रिया दिनुहोस