
काठमाडौं । पूर्वाञ्चल ल्यूब आयलमा अल्फा प्लस भेन्चर्सको लगानी गर्ने भएको छ । विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम अनुमतीपत्र प्राप्त अल्फा प्लस भेन्चर्सले मोरङ्ग, विराटचोकको पूर्वाञ्चल ल्यूव आयलमा लगानी गर्ने भएको कम्पनीले जनाएको छ ।
पूर्वाञ्चल ल्यूव आयल लिमिटेडको तर्फबाट प्रबन्ध संचालक भोलेश्वर दुलाल र अल्फा प्लस भेन्चर्सको तर्फबाट प्रबन्ध संचालक अंगिश घिमिरेबीच माघ १८ गते बुधबार हस्ताक्षर भएको हो ।
पुर्वाञ्चल ल्यूव आयलले विगत २३ वर्षदेखि आफनो उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । नेपाल भर ९३ भन्दा बढी डिलर र ११,००० भन्दा बढी खुद्रा व्यापारी मार्फत आफ्नो उत्पादन गर्दै आएको छ ।
अल्फा प्लस भेन्चर्स लिमिटेडको लगानी पश्चात पुर्वाञ्चल ल्यूव आयल लिमिटेडमा नँया ल्यु्रबीकेन्टको उत्पादन तथा विकास भई नेपाली बजारभर पिएलओ ब्राण्डका ल्यु्रबीकेन्टहरुको उल्लेख्य मात्रामा बिक्री वितरण हुने कम्पनीका प्रबन्ध सञ्चालक घिमिरेले बताए ।
प्रतिक्रिया दिनुहोस