aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 

फेसबुक अलर्टले बचायो ऋणमा डुबेर आत्महत्या गर्न लागेका २३ वर्षीय युवकको ज्यान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ माघ २०७९
Prabhu Bank
Motor Head
फेसबुक अलर्टले बचायो ऋणमा डुबेर आत्महत्या गर्न लागेका २३ वर्षीय युवकको ज्यान
nabil bank
LBF

एजेन्सी। फेसबुक अलर्टले भारतको गाजियाबादमा एक युवाको ज्यान बचाएको छ । अभय शुक्ला नामका युवकले इन्स्टाग्राम लाइभमा आत्महत्या गर्ने तयारी गरिरहेका थिए । उनको भिडियो क्यालिफोर्नियामा फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटा हेडक्वार्टरमा देखा पर्ने बित्तिकै त्यो टोलीले यूपी पुलिसलाई अलर्ट पठायो। प्रहरीले मोबाइल लोकेशन ट्र्याक गरेर युवकलाई बचायो ।

यो पूरै मामिलामा विशेष कुरा के छ भने प्रहरी आइपुग्दा अलर्ट पठाइएको समयदेखि १३ मिनेट मात्रै लागेको थियो । प्रहरीले करिब ६ घण्टाको परामर्शपछि परिवारलाई ती युवा सुम्पिसकेको छ। उत्तर प्रदेश प्रहरीले फेसबुक वा इन्स्टाग्राममा कुनै व्यक्तिको आत्महत्यासँग सम्बन्धित पोस्ट देखिएमा तुरुन्तै प्रहरीलाई खबर गर्न गत वर्ष मार्चमा मेटा कम्पनीसँग सम्झौता गरेको थियो।

राति १० बजे लाइभ आत्महत्याको प्रयास

मंगलबार राति ९:५७ बजे अभय शुक्लाले इन्स्टाग्राममा लाइभ आएर आत्महत्याको तयारी थाले। भिडियो हेरेर इन्स्टाग्राम-फेसबुकको मुख्यालयले उत्तर प्रदेश पुलिसको सोसल मिडिया सेन्टरलाई इमेल अलर्ट पठायो। इमेलमा अभयको दर्ता गरिएको मोबाइल नम्बर पनि उल्लेख गरिएको थियो। पुलिसले तुरुन्तै नम्बरको लोकेसन हेर्दा गाजियाबादमा फेला पर्‍यो।

यसपछि प्रहरीले अभयलाई फाँसी लाग्नु अघि नै बचायो । अमेरिकाबाट गाजियाबादमा म्यासेज पठाएपछि पुलिस आई पुग्दासम्म यो प्रक्रियामा १३ मिनेट मात्र लागेको थियो । जसका कारण युवकको ज्यान जोगियो ।

काममा घाटा लाग्यो, बहिनीको बिहेको पैसा डुब्यो

अभय शुक्ला कन्नौज निवासी २३ वर्षीय युवा हुन् । हाल उनी गाजियाबादको विजयनगर एस ब्लकमा बस्छन्। उनी गुरुग्रामको क्यासिफाइ कम्पनीमा काम गर्थे, जुन पुरानो मोबाइल सेल खरिदको कारोबार गर्छ। अभयले डिलरबाट पुराना फोन लिएर कम्पनीलाई दिने गर्दथे । कम्पनीले फोन फिक्स गरी बजारमा राम्रो मूल्यमा बेच्ने गर्दथ्यो । अभयले हरेक मोबाइलमा २० प्रतिशत कमिसन पाउँथे ।

यसमा अभयलाई फाइदा भयो, त्यसैले केही महिना जागिर छाडेर निजी रूपमा यो काम गर्न थाले तर केही समयपछि अभयलाई आफ्नो काममा घाटा लाग्न थाल्यो । त्यसको क्षतिपूर्ति गर्न उनले आमाबाट ९० हजार रुपैयाँ ऋण लिए । आमाले यो रकम अभयकी बहिनीको विवाहका लागि राखेकी थिइन् । यो रकम पनि डुबेपछि अभय निराश भएर आत्महत्या गर्न लागेका थिए।

प्रतिक्रिया दिनुहोस