aarthiknews.com बुधबार, १० असोज २०८०   Wednesday, 27 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

पर्सामा थपिए पाँच वर्षमा साढे छ हजार उद्योग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ माघ २०७९
himalayanlife
पर्सामा थपिए पाँच वर्षमा साढे छ हजार उद्योग
DHI
NIBL

विरगञ्ज । पर्सा जिल्लामा पछिल्लो साढे पाँच वर्षमा छ हजार चार सय ८२ नयाँ उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म सेवामूलक उद्योगतर्फ तीन हजार पाँच सय २७, कृषि तथा वन्यजन्यतर्फ एक हजार सात सय ३४, उत्पादन उद्योगतर्फ एक हजार एक सय २४ र पर्यटनतर्फ ४५ वटा उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्ज पर्साका प्रमुख धनजयकुमार सिंहले जानकारी दिए ।  

यस्तै चालु आवको पुस मसान्तसम्म सेवामूलकतर्फ दुई सय ६०, कृषि तथा वन्यजन्यतर्फ एक हजार एक सय ३०, उत्पादनमूलकतर्फ ८२ वटा, निर्माणतर्फका ५२ र पर्यटनतर्फ ३५ वटा उद्योग दर्ता भएका छन् । 

यस अवधिमा पाँच हजार २३ उद्योग नवीरकण र छ सय २० वटा उद्योगको लगतकट्टा लगायतका शीर्षकबाट छ करोड ९७ लाख १० हजार ८० राजस्व सङ्कलन भएको छ ।

प्रतिक्रिया दिनुहोस