aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

आदर्श लघुवित्तद्धारा २१.०५ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ माघ २०७९
आदर्श लघुवित्तद्धारा २१.०५ प्रतिशत लाभांश प्रस्ताव
NIBL

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको हो । 

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीबाट २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीका चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँ रहेको छ । जसबाट संस्थाले २० प्रतिशतका दरले हुन आउने ४१ लाख ४० हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस