aarthiknews.com आइतबार, २१ जेठ २०८०   Sunday, 04 June, 2023
 

५० प्रतिशत हकप्रद शेयरको प्रस्तावसहित सिनर्जी पावरले बोलायो विशेष साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ माघ २०७९
५० प्रतिशत हकप्रद शेयरको प्रस्तावसहित सिनर्जी पावरले बोलायो विशेष साधारण सभा
NIBL

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले फागुन ४ गते विशेष साधारण सभा बोलाएको छ । माघ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा विहान ८ बजे सभा गर्ने निर्णय गरेको हो ।

५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारितका लागि कम्पनीले विशेष साधारण सभा बोलाएको हो । कम्पनीले सभामार्फत जारी पूँजी बृद्धि गर्ने, प्रबन्धपत्र संशोधन गर्ने र प्रबन्धपत्र संशोधनका लागि आवश्यक सम्पूर्ण काम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ८० करोड ६५ लाख ७५ हजार रहेको छ । 

विद्युत नियमन आयोगबाट कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि माघ १२ गते स्वीकृति प्रदान गरेको थियो । अब विशेष साधारण सभाबाट पारित गरेपछि कम्पनीले हकप्रद निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा प्रक्रिया अघि बढाउनेछ । 

विशेष साधारण सभा प्रयोजनका लागि माघ २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा माघ २४ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस