aarthiknews.com आइतबार, १४ जेठ २०८०   Sunday, 28 May, 2023
 

आज कस्तो छ मौसम ? हेर्नुहोस् देशभरिको विवरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ माघ २०७९
Prabhu Bank
आज कस्तो छ मौसम ? हेर्नुहोस् देशभरिको विवरण
NIBL

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा देखिन्छ । देशका तराईका केही भूभागहरूमा बिहानीपख हुस्सु र कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

त्यस्तै राती प्रदेश नं. १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा  मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुको साथै तराईका भू–भागहरुमा विहानीपख लागेको हुस्सु र कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।  

प्रतिक्रिया दिनुहोस