aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

अमेरिकी डलरको मूल्य बढ्यो, अष्ट्रेलियनको घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ माघ २०७९
अमेरिकी डलरको मूल्य बढ्यो, अष्ट्रेलियनको घट्यो
NIBL

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     

आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ७८ पैसा र बिक्री दर १३१ रूपैयाँ ३८ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ५४ पैसा र बिक्री दर १४२ रूपैयाँ १९ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ५ पैसा र बिक्री दर १६१ रूपैयाँ ७९ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४० रुपैयाँ ८४ पैसा र बिक्री दर १४१ रुपैयाँ ४९ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९१ रुपैयाँ ४१ पैसा र बिक्री दर ९१ रुपैयाँ ८३ पैसा रहेको छ ।  

प्रतिक्रिया दिनुहोस