aarthiknews.com आइतबार, २१ जेठ २०८०   Sunday, 04 June, 2023
 

हकप्रद शेयर निष्कासन गर्दै हिमालय उर्जा विकास कम्पनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ माघ २०७९
हकप्रद शेयर निष्कासन गर्दै हिमालय उर्जा विकास कम्पनी
NIBL

काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको २०० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो ।

उक्त हकप्रद शेयर निष्कासनका लागि कम्पनीले विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । अब कम्पनीको हकप्रद शेयर निष्कासनसम्बन्धी सम्पूर्ण कार्यहरू नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडबाट हुनेछन् । 

माघ १३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले १ः२ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । साथै कम्पनीले विद्युत नियमन आयोगबाट सहमति प्राप्त भएपछि वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ । त्यसपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिई स्वीकृति पाएपछिमात्रै हकप्रद शेयर निष्कासन गरिनेछ ।

साथै  कम्पनीले ‘इन्फोमेरिक्स क्रेडिट रेटिङ लिमिटेड’ सँग इस्युअर रेटिङ र लोन रेटिङका लागि सम्झौता गरिएको पनि जानकारी गराएको छ । प्रस्तावित हकप्रद शेयर बिक्रीबाट प्राप्त हुने सबै रकम बैंकहरूको दीर्घकालीन ऋण भुक्तानीका लागि प्रयोग गरिने कम्पनीले जानकारी गराएको छ । कम्पनीले रू. १०० अंकित दरको १ करोड ९८ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ९९ करोड रहेको छ । 

प्रतिक्रिया दिनुहोस