aarthiknews.com आइतबार, १४ जेठ २०८०   Sunday, 28 May, 2023
 

सोल्टी होटलले वितरण गर्याे नगद लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ माघ २०७९
Prabhu Bank
सोल्टी होटलले वितरण गर्याे नगद लाभांश
NIBL

काठमाडौं । सोल्टी होटलले नगद लाभांश वितरण गरेको छ । होटलले सुचना जारी गरी गत पुस २८ गते सम्पन्न ४८औं बार्षिक साधारण सभाबाट पारित भएको कर समेत २१ दशमलव ३१५ प्रतिशत नगद लाभांश वितरण गरेको जानकारी दिएको हो ।

पुस ६ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै नगद लाभांश जम्मा गरिएको हो । यसर्थ हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरूको हकमा भने बैक खाता अद्यावधिक पछि मात्र जम्मा गरिने कम्पनीको भनाई छ ।

पुस ६ गतेसम्म शेयर धितो राखेर कर्जा लिएका सदस्यहरूको हमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र उपलब्ध गराएपछि मात्र जम्मा गरिनेछ । होटलको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस