aarthiknews.com आइतबार, १४ जेठ २०८०   Sunday, 28 May, 2023
 

मनकामना स्मार्ट लघुवित्तद्धारा लाभांश प्रस्ताव, नगद र बोनस कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ माघ २०७९
Prabhu Bank
मनकामना स्मार्ट लघुवित्तद्धारा लाभांश प्रस्ताव, नगद र बोनस कति ?
NIBL

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेकोे छ । संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । 

संस्थाले हाल कामय रहेको चुक्ता पुँजीको ५ प्रतिशतका दरले हुन आउने ७० लाख ८७ हजार २७५ रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको हो । हाल संस्थाको चुक्ता पुँजी १४ करोड १७ लाख ४५ हजार रुपैयाँ रहेको छ । 

कम्पनीले चुक्ता पुँजीको ४.७५ प्रतिशतका दरले हुन आउने ६७ लाख ३२ हजार ९११ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशतका दरले हुन आउने ३ लाख ५४ हजार ३६३ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ । गत वर्ष १७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् । 


 

प्रतिक्रिया दिनुहोस