
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड हकप्रद शेयर निष्कासन गर्नका लागि विद्युत नियमन आयोगको स्वीकृती पाएको छ । कम्पनीलाई २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न माघ १२ गतेको पत्र मार्फत स्वीकृती प्रदान गरेको हो ।
अब कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव वार्षिक साधारण सभाबाट पारित गराउनुपर्नेछ । दोस्रो चरणमा भने धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग पनि स्वीकृति लिनुपर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. ८० करोड ६५ लाख रहेको छ । यही पूँजीको आधारमा कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस