aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ माघ २०७९
शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार
NIBL

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि सोमवार रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १७ गते बुक क्लोज गरेकाले भोलि सोमवार अर्थात माघ १६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २५ गते साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजे शिखर इन्स्योरेन्स कम्पनीको केन्द्रिय कार्यालय शिखर बिज सेन्टर काठमाडौंमा शुरु हुने कम्पनीले जानकारी गराएको हो । 

सभाले यस कम्पनीले अन्य कुनै पनि बीमक कम्पनीलाई गाभ्ने गाभिने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरु  गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस