aarthiknews.com आइतबार, २१ जेठ २०८०   Sunday, 04 June, 2023
 

हिमालयन उर्जा विकास कम्पनीले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ माघ २०७९
हिमालयन उर्जा विकास कम्पनीले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
NIBL

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीले लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २ सय प्रतिशत अर्थात १ः२ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । 

कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृती लिई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढाउनेछ । त्यपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिई स्वीकृती पाएपछिमात्रै हकप्रद शेयर निष्कासन गर्नेछ । 

कम्पनीले हकप्रद शेयर निष्काशन पश्चात प्राप्त हुने पूँजीमध्ये खर्च कटाइ बाँकी सबै रकम बैंकहरुबाट लिएको दीर्घकालिन ऋणको भुक्तानी गर्ने निर्णय पनि सो बैठकले गरेको  छ ।  हाल कम्पनीको चुक्ता पूँजी रू. ९९ करोड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस