aarthiknews.com आइतबार, १४ जेठ २०८०   Sunday, 28 May, 2023
 

स्वाभिमान लघुवित्तको लाभांश घोषणा, गत वर्षभन्दा कम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ माघ २०७९
Prabhu Bank
स्वाभिमान लघुवित्तको लाभांश घोषणा, गत वर्षभन्दा कम
NIBL

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको भन्दा कम लाभांश प्रस्ताव गरेको छ । माघ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मनाफाबाट हाल कायम चुक्तापूँजी रू. १२ करोड १७ लाख ८२ हजारको आधारमा कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

कुल लाभांशमध्ये २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश रहेको छ । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । 

गत वर्ष कम्पनीले कुल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो । ३२ दशमलव ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७ प्रतिशत लाभांश गत वर्ष वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो । 

प्रतिक्रिया दिनुहोस