
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकाको मौसममा सुधार आएको देखाएको छ । आज बिहान पौने ६ बजेको रेकर्ड गरेको मौसम विवरण अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसभन्दा माथि चढेको छ ।
विभागको रेकर्डमा त्यतिबेलाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस रहेको देखिएको छ । ३ डिग्री सेल्सियसभन्दा तल झरेको काठमाडौं उपत्यकाको तापक्रम बढ्दो क्रममा रहेको छ । विभागले गत सोमबार नै विभिन्न स्थानहरुमा पानी पर्ने सम्भावना औंल्याएको भए पनि पानी भने पर्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस