
काठमाडौं । मंगलबार संसद् भवन नयाँबानेश्वर अगाडि आफ्नो शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । हिजो दिउँसो करिब ३ बजेको समयमा बानेश्वर चोकमा शरीरमा आगो लगाएर छटपटाउँदै ढलेका उनको उपचारको क्रममा आज मृत्यु भएको हो ।
गृहमन्त्री रवि लामिछानेले आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पिडाको परिणाम रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘एउटा नागरिकले आत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईँमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौँ, म दोषी छु।प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईँमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला।’
प्रतिक्रिया दिनुहोस