
काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ हजार कित्ता संस्थापक शेयर माघ ११ गतेदेखि लिलामीमा आएको छ । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको उक्त शेयर माघ २० गतेसम्मका लागि विक्रीमा ल्याएको हो ।
यो शेयरको मूल्य प्रतिकित्ता रू. ३५० तोकिएको छ । विद्यमान संस्थापक शेयरधनी लगाएत इच्छुक योग्य व्यक्ति तथा संस्थाहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सक्नेछन् । कम्पनीले यो शेयर यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सुचना जारी गरेको थियो ।
यस अघि वितरण नभएको यो शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । आवेदन पेश गर्दा न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस