aarthiknews.com विहीबार, २६ माघ २०७९   Thursday, 09 February, 2023
 
kalapathar

अब बोत्तल र जर्किनमा पेट्रोल बेच्नेलाई प्रहरीले कारबाही गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ माघ २०७९
nabil bank
kispangmun.gov.np/
अब बोत्तल र जर्किनमा पेट्रोल बेच्नेलाई प्रहरीले कारबाही गर्ने
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । मानिसलृ शरीरमा पेट्रोलियम पद्धार्थ खन्याएर आगो लगाउने क्रम बढेपछि प्रहरीले बोत्तल जर्किनमा पेट्रोल बेच्न प्रतिवन्ध लगाएको छ । काठमाडौँमा सञ्चालित पेट्रोल पम्पहरूलाई प्रहरीले बोत्तल र जर्किनमा पेट्रोल बेचेको पाइए कारबाही गर्ने चेतावनी दिएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौँले जारी गरेको सूचनामा काठमाडौँमा सञ्चालित केही पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किन लगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोबारे ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । त्यस्ता पेट्रोल पम्पहरुलाई प्रहरीले सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपामा बिक्री वितरण गरेको पाइए प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुने चेतावनी दिएको छ । 

असुरक्षित बिक्री र ओसार पसार गर्दा आगलागी हुने र भौतिक क्षति हुने हुनाले सो विषय सुरक्षा संवेदनशीलतासँग जोडिएको प्रहरीले बताएको छ । पछिल्लो समय आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाउने क्रम बढेको छ । 

प्रतिक्रिया दिनुहोस