aarthiknews.com विहीबार, २६ माघ २०७९   Thursday, 09 February, 2023
 
kalapathar

बढ्यो राष्ट्रिय वाणिज्य बैंकको सम्पत्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० माघ २०७९
nabil bank
kispangmun.gov.np/
बढ्यो राष्ट्रिय वाणिज्य बैंकको सम्पत्ति
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सम्पत्ति बढेको छ । मंगलबार सम्पन्न भएको बैंकको ५८ औैं साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदनमा यस्तो देखिएको हो । उक्त प्रतिवेदन अनुसार बैंकको पुनर्मूल्यांकन पछिको अचल सम्पत्ति बढेर २४ अर्ब भन्दाबढि कायम भएको छ ।

बैंकको किताबी मूल्यमा १८ करोड ८४ लाख रुपैयाँ देखिएता पनि पुनर्मूल्यांकन पछि उक्त सम्पत्ति २४ अर्ब १९ करोड रुपौयँ कायम भएको बैंकले जनाएको छ । 

राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिक साधारणसभा मंगलबार बैंकको केद्रीय कार्यालयमा सम्पन्न भएको छ । सो कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको चुक्ता पुँजी वृद्धिको लागि नयाँ रणनीति बनाउँदै अघि बढ्ने बताए । 

उनले बैंकहरुको मर्जर प्रक्रिया तिब्रता पाइरहेको अहिलेको अवस्थामा आरवीवीले समेत उपयुक्त रणनीति बनाई अगाडि बढ्न आवश्यक रहेका बताए । यसका लागि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन चाहेको समेत बताए

वार्षिकोत्सवका अवसरमा बैंकले ‘आरबीबी डिजिटल संसार’ सेवासमेत शुरु गरेको छ । कार्यक्रममा बोल्दै सीइओ किरणकुमार श्रेष्ठले अहिले नेपाली बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंक सबल, सुदृढ र अग्रणी स्थानमा रहन सफल भएको बताए । त्यस्तै, बैंकले अधिकतम स्रोत परिचालन तथा व्यवसाय विस्तार, निष्क्रिय कर्जा व्यवस्थापन, रि(ब्रान्डिङ तथा प्रविधिमा सुधारलगायतमा काम गरेको उनले भनाइ छ । 

बैंकले विगतमा विभिन्न उतारचढाव भोगे पनि पछिल्ला वर्षमा वित्तीय सूचकाङ्क र व्यवस्थापनमा उल्लेख्य सुधार गर्न सफल भएको सीईओ श्रेष्ठले दाबी गरे । बैंकको वित्तीय अवस्था सुधारका लागि पाँच वर्षे रणनीतिक योजना तर्जुमा गरी व्यवस्थापन र मानव संशाधन अडिटलगायतका काम गरेको पनि उनले जानकारी दिए । 

एनआईडिसी डेभलपमेन्ट बैंकसँगको मर्जर, सहायक कम्पनीका रुपमा आरबीबी मर्चेन्ट सञ्चालन, नेपाल टेलिकमसँगको संयुक्त लगानीमा नेपाल डिजिटल पेमेन्ट कम्पनीको स्थापना र सञ्चालन बैंकको उपलब्धी रहेको श्रेष्ठको भनाइ छ । 

बैंकिङ गत आर्थिक वर्ष २०७८/७९ मा लगानीकर्तालाई १२ दशमलव पाँच प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको कुल चुक्ता पुँजी रू १५ अर्ब ६३ करोड छ भने देशका सबै जिल्लामा गरी दुई सय ६५ वटा शाखा कार्यालय, दुई सय ६९ वटा एटीएम, ५१ वटा एक्स्टेन्सन काउन्टरमार्फत् सेवा प्रवाह गरिरहेको छ । 

कुल ३८ लाख ६१ हजार ग्राहक सङ्ख्या भएको बैंकका एटीएम प्रयोगकर्ता सात लाख पाँच हजार, मोबाइल बैकिङ प्रयोगकर्ता १५ लाख ७१ हजार, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ता २० हजार पाँच सय र क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्ने प्रयोगकर्ताको संख्या २५ हजार पाँच सय रहेको कार्यक्रममा जानकारी दिइयो । 

चालू आर्थिक वर्ष २०७९र८० को अर्धवार्षिक अवधिसम्ममा बैंकको निक्षेप सङ्कलन रू दुई खर्ब ७२ अर्ब, कर्जा प्रवाह रू दुई खर्ब ३४ अर्ब र नेटवर्थ रू ३४ अर्ब ३४ करोड पुगेको छ । बैंकको निष्क्रिय कर्जा दुई दशमलव ७९ प्रतिशत, आधारदर नौ दशमलव २९ प्रतिशत र कर्जा निक्षेप अनुपात ८१ दशमलव ६५ प्रतिशत छ । 

चालू आर्थिक वर्षको अन्त्यसम्ममा कुल निक्षेप रू तीन खर्ब, कुल कर्जा रू दुई खर्ब ५८ अर्ब,  मुनाफा रू चार अर्ब ९७ करोड बनाउने बैंकको लक्ष्य छ । त्यस्तै शाखा संख्या तीन सय, ग्राहक संख्या ३९ लाख ७१ हजार पुर्याउने पनि बैंकको लक्ष्य छ । 

प्रतिक्रिया दिनुहोस