फेरि रवि लामिछाने किन गए अदालत ? - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike

फेरि रवि लामिछाने किन गए अदालत ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ भदौ २०७६
Sunrise bank
फेरि रवि लामिछाने किन गए अदालत ?
LBEF

काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछाने फेरि अदालत पुगेका छन् । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा चितवन जिल्ला अदालतले जारी गरेको आदेशविरुद्ध उनी पाटन उच्च अदालत पुगेका हुन् ।  उनले पुनरावलोकन रिट दायर गरेका छन् । उनीसँगै  न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेलले पनि उच्च अदालत पाटनको हेटौंडा इजलासमा पुनरावलोकन रिट दायर गरेका छन् ।

 पुडासैनी मृत्यु प्रकरणका  लामिछाने र कँडेल क्रमश: ५ तथा ३ लाख रुपैयाँ धरौटीमा  छुटेका हुन् । लामिछाने र कँडेलले चितवन जिल्ला अदालतको आदेश बेरितको रहेको भन्दै उक्त आदेश खारेज गरी साधारण तारेखमा रही मुद्दाको पुर्पक्ष गराइ पाउँ भन्दै उच्च अदालतमा पुनरावलोकन रिट दायर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस