
काठमाडौं । सुदूरपश्चिम नेपालमा भूकम्पको धक्का महशुस गरिएको छ। मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुरा केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । बाजुरा, बझाङ, नेपालगञ्ज, कैलालीलगायत ठाउँहरुमा भूकम्पको धक्का महशुस गरिएको स्थानीयले जनाएका छन् । भारतको राजधानी नयाँदिल्लीमा पनि भूकम्पको धक्का महशुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
सुर्खेतस्थित भूकम्पमापन केन्द्रका सूचना अधिकारी तीर्थराज दाहालले आज अपराह्न २ः४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु भएको पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प गएको जानकारी दिए । भूकम्पको धक्काबाट पुगेको क्षतिको विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस