aarthiknews.com विहीबार, २६ माघ २०७९   Thursday, 09 February, 2023
 
kalapathar

सिभिल लघुवित्त वित्तीयमा स्वतन्त्र सञ्चालकमा दाहाल नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० माघ २०७९
nabil bank
kispangmun.gov.np/
सिभिल लघुवित्त वित्तीयमा स्वतन्त्र सञ्चालकमा दाहाल नियुक्त
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा रुद्रप्रसाद दाहाल नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको माघ ९ गते बसेको २०१ औं बैठकले दाहाललाई चार वर्षको लागि स्वतन्त्र सञ्चालकको लागि नियुक्त गरिएको हो । 

बैंकिंङ क्षेत्रमा ३५ वर्ष भन्दा बढि अनुभव भएका दाहाल कृषि विकास बैंकबाट अवकास प्राप्त हुन् । बि.सं.२००८ सालमा धनकुटामा जन्मेका दाहाल सुनसरी इनरुवा स्थायी घरभई हाल कामपा १४ माबसोबास गर्छन् । उनले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

केन्द्रीय कार्यालय काठमाडौं चावहिलमा रहेको वित्तीय संस्थाको ७५ वटा शाखा रहेको छ । संस्थाले १४ हजार घर परिवारलाई वित्तीय सेवामार्फत कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।  

प्रतिक्रिया दिनुहोस