
हेटौडा । नेपालमा संघीय लागू भएको आधा दशक पुग्दैगर्दा नै खर्चको बोझ भारी भएको उदाहरण बागमती प्रदेशमा देखिएको छ । उक्त प्रदेशमा १४ वटा मन्त्रालयबाट घटाएर ११ वटा मन्त्रालय हुने भएका छन् । गत पुस २६ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेले मुख्यमन्त्रीको शपथ लिएकै दिन मन्त्रालय संख्या हेरफेरका लागि गठित कार्यदलको सुझावमा मन्त्रालय घटाउन सुझाव दिएको हो ।
कार्यदलले प्रदेशका कुल सांसदको १० प्रतिशत नबढ्नेगरी मन्त्री बनाउन सुझाव दिएको छ । ‘कार्यदलले बुझाएको प्रतिवेदन अनुसार अव ११ वटा मन्त्रालय हुन्छन्, त्यसको निर्णय आजै बस्ने क्याविनेटले निर्णय गर्छ’, मुख्यमन्त्री जम्कट्टेलको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस