एक्कासी लगानीकर्ता उत्साहित, नेप्सेमा साढे २० अंकको वृद्धि - Aarthiknews
aarthiknews.com बुधबार, ०६ कार्तिक २०७६   Wednesday, 23 October, 2019
 
Bajaj_Bike

एक्कासी लगानीकर्ता उत्साहित, नेप्सेमा साढे २० अंकको वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ भदौ २०७६
Sunrise bank
एक्कासी लगानीकर्ता उत्साहित, नेप्सेमा साढे २० अंकको वृद्धि
LBEF

काठमाडौं । तीव्र उतारचढावका बीच अन्ततः नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साढे २० अंकले बढेको छ । यस दिन नेप्से २० दशमलव ५७ अंकले बढेर ११९० दशमलव ९० बिन्दूमा पुगेको छ ।

कुल १७१ कम्पनीको २१ लाख ८४ हजार कित्ता शेयर ५१ करोड रुपैयाँ भन्दा बढीमा कारोबार भएको छ । कारोबार रकम पनि अन्य दिनभन्दा धेरै हो । यस दिन कारोबारमा आएका अन्य र सामूहिक लगानी कोष समूह बाहेक सबै बढेका छन् । लगातार दुई दिन दोहोरो अंकको गिरावट आएको नेप्सेमा मंगलबार सुधार देखिँदा लगानीकर्ता उत्साहित भएका छन् ।

मंगलबार सबैभन्दा धेरै नेपाल बंगलादेश बैंकको संस्थापक शेयर किनबेच भएको छ । यस बैंकको ५ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भएको हो । यस दिन युनिर्भसल पावर कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । समग्र परिसूचकमा वृद्धि हुँदा पनि सीटी एक्सप्रेस फाइनान्स कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब ५ प्रतिशतले घटेको छ । 
 

प्रतिक्रिया दिनुहोस