aarthiknews.com विहीबार, २६ माघ २०७९   Thursday, 09 February, 2023
 
kalapathar

दश नाकाबाट निर्यात ठप्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० माघ २०७९
nabil bank
kispangmun.gov.np/
दश नाकाबाट निर्यात ठप्प
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनासम्म आइपुग्दा निर्यात ३२ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो ।  

भन्सार विभागका अनुसार यस चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा निर्यात ३२ दशमलव ०१ प्रतिशतले घटेको छ । यस अवधिमा ८० अर्ब ८० करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले निर्यात गरेको छ । गएको वर्षको यही अवधिमा एक खर्ब १८ अर्ब ८५ करोड ९ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो ।   

दश नाकाबाट वस्तु तथा सेवाको निर्यात ठप्प रहेको छ । विभागको तथ्यांकमा उल्लेख भए अनुसार भरतपुर, जनकपुर, महेशपुर, राजविराज, सती, सिराहा, सुनसरी, तातोपानी, थाडी र त्रिवेणी नाकाबाट हुने निर्यात अहिले ठप्प रहेको हो । यी नाकाबाट यस अवधिमा कुनै पनि वस्तु निर्यात भएको छैन । 

अन्य केही नाकाबाट पनि निर्यातको अवस्था दयनीय रहेको छ । चालु आवको छ महिनामा काठमाडौं नजिक रहेको चोभार नाकाबाट ९८ लाख ३० हजार रुपैयाँ बराबरको मात्रै वस्तु तथा सेवाको निर्यात भएको छ । स्मरण रहोस् यो नाका आयात निर्यातको लागि ठूलो टेवा दिने आकंलनले केही महिना अघिमात्रै सञ्चालनमा ल्याइएको हो । 

त्यस्तै, छ वटा नाकाबाट हुने निर्यातको अवस्था पनि उस्तै दयनीय छ । जसमा कञ्चनपुर, जलेश्वर कैलाली, कृष्णनगर, रसुवा, सर्लाही र सूथौली नाका रहेका छन् । यी नाकाबाट यस अवधिमा एक प्रतिशत पनि निर्यात हुन सकेको छैन । 

चालु आवको छ महिनामा विराटनगर भन्सार बाट सबैभन्दा बढि वस्तु तथा सेवा निर्यात भएको छ । यस नाकाले कुल निर्यातको २८ प्रतिशत हिस्सा ओगटेको छ । यस अवधिमा सो नाकाबाट २२ अर्ब ९३ करोड ९३ लाख ६० हजार रुपैयाँ बराबरको निर्यात भएको छ । दोस्रोमा विरगञ्ज नाका रहेको छ । जसबाट २० अर्ब ८४ करोड ५४ लाख ६० हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । 

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय भन्सारबाट १७ अर्ब ५० करोड ६३ लाख २३ हजार रुपौयँ बराबरको वस्तु निर्यात भएको छ । त्यसैगरी, मेची भन्सारबाट यस अवधिमा १० अर्ब ५७ करोड ५१ लाख ६८ हजार रुपैयाँ, नेपालगञ्जबाट ९९ करोड ६३ लाख १० हजार रुपैयाँ, वीरगञ्जको सुख्खा बन्दरगाहबाट एक अर्ब ६६ करोड ७७ लाख ९६ हजार रुपैयाँ र भैरहवा नाकाबाट ४ अर्ब ३२ करोड ५४ लाख १४ हजार रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । 

प्रतिक्रिया दिनुहोस